तपाईंको लागि मर्नुहुने एक मात्र परमेश्वर, येशू ख्रीष्टको अधिकार र मायामा आफ्नो जीवन साँच्चै आत्मसमर्पण गर्नबाट तपाईंलाई के कुराले रोक्दछ ?
ठिक छ, के तपाईं वहाँको क्षमा बिना आज राती मर्नको लागि तयार हुनुहुन्छ ? यदि होइन भने, के तपाईं अहिले येशूलाई स्वीकार गर्नको लागि तयार हुनुहुन्छ । जसरी एउटा परमेश्वर हुनुहुन्छ जसले तपाईंलाई एकदम गहिराईमा प्रेम गर्नुहुन्छ, त्यहाँ एक शैतान पनि हुन्छ जसले तपाईंलाई पूर्णरुपमा घृणा गर्छ । त्यसले तपाईंलाई येशूलाई आफ्नो जीवन र मन नदिनुहोस भनेर सबै प्रकारको कारण र बहानाहरु दिनेछ । त्यसैले गर्दा बाइबलले त्यसलाई ‘सबै झुटको पिता’ भन्दछ ।
अथवा, हुनसक्छ तपाईं आफ्नो जीवनमा केहि पाप छोड्नको लागि तयार हुनुहुन्न । त्यो कुनै नौलो कुरा होइन । हामी सबैले दिनमा एकपटक येशूको लागि बाँच्नुपर्छ । यदि तपाईंको मनपर्ने पापले तपाईंलाई परमेश्वरको माया र स्वर्गबाट टाढा राख्दछ भने, के यो यसको लायक छ ? र तपाईंले त्याग्नुहुने कुनैपनि पाप तपाईंको मनमा एउटा ठुलो खुसी र शान्तिद्वारा बदलिनेछ । म वाचा गर्दछु ।
अघि बढ्नुहोस । विश्वासमा परमेश्वरसम्म पुग्नुहोस, र बहानाहरुलाई आफ्नो पछाडी छोड्नुहोस् । वहाँले तपाईंलाई हरेक दिन मदत गर्नुहुनेछ ।
यसको बारेमा सोच्नुहोस । के तपाईंलाई लाग्छ कि सारा ब्रह्माण्डलाई एकसाथ राख्नुहुने परमेश्वरले दिनमा २० वटा मात्र प्रार्थना अनुरोधहरुको जवाफ दिन सक्नुहुन्छ ? के तपाईंलाई लाग्छ कि परमेश्वरले तपाईंलाई सुन्नुअघि तपाईंले लाइनमा प्रतिक्षा गर्नुपर्छ, वा आफ्नो जीवन शुद्ध गर्नुपर्छ ?
बाइबलले भन्छ कि वहाँले एकजनालाई (तपाईं) पनि स्वर्गमा छुटाउन चाहनुहुन्न । यदि तपाईं पृथ्वीमा एकमात्र पापी हुनुहुन्थ्यो भने, वहाँ अझैपनि पृथ्वीमा फेरी मरेर उठ्नको लागि आउनुहुन्थ्यो जसले गर्दा तपाईंलाई क्षमा मिल्नसक्छ !
वहाँले तपाईं वहाँको नजिक हुनको लागि धैर्यतापुर्वक प्रतीक्षा गरिरहनुभएको छ । हरेक बिहान जब सुर्य उदाउँछ, वहाँले तपाईंसँग कुराकानी गरिरहनुभएको छ र तपाईंलाई वहाँको भलाई देखाईरहनुभएको छ । अर्को दिनको प्रतिक्षा नगर्नुहोस । तपाईंलाई थाहा छैन कि पृथ्वीमा तपाईंको अन्तिम दिन कहिले हुनेछ । तपाईंले केवल वहाँको नाम पुकार्दै आफु स्वर्गमा जाँदै हुनुहुन्छभनि सुनिश्चित गर्न सक्नुहुन्छ ।
यदि तपाईंको इच्छा त्यो हो भने, हाम्रो I'm-Curious-to-Learn-More (म धेरै जान्नको लागि उत्सुक छु) लेखमा जानुहोस ।
एकदम धेरै भनेको कति हो ? के परमेश्वरले हामीलाई ‘खराब पापीहरु’ वा ’असल पापीहरु’ भनि वर्गीकरण गर्नुहुन्छ ?
बाइबलको अनुसार, हामी सबैले पाप गरेका छौं, र तसर्थ कोहि पनि स्वर्गमा जान सक्दैनन, अन्यथा स्वर्ग अब परिपूर्ण रहनेछैन । चाहे हाम्रा पापहरु साना वा ठुला हुन, हामी सबै अयोग्य छौं । हामी सबै पापी हौँ ।
तर परमेश्वरको मायाले हरेक पापलाई ढाक्दछ । जब येशु क्रसमा मर्दै हुनुहुन्थ्यो, तब दुईजना हत्याराहरुलाई पनि वहाँसँगै क्रसमा चढाईदै थियो । एउटा ले येशूको मजाक डायो, तर अर्कोले येशूसँग आफूलाई माफ गर्नको लागि विन्ती गर्यो । र येशूले भन्नु भयो कि वहाँले गर्नुहुनेछ ।
के तपाईंका राम्रा कामहरुले तपाईंलाई स्वर्गमा लैजानेछ ? के तपाईं साँच्चै विश्वस्त हुनुहुन्छ कि तपाईंले पर्याप्त राम्रा कामहरु गर्नुभएको छ ? यस दृष्टिकोणसँग समस्याग्रस्त दुईवटा क्षेत्रहरु छन ।
एउटा यो प्रश्न हो कि, मैले स्वर्गको पहुँच पाउनको लागि कति राम्रा कामहरु गर्नुपर्छ ? यदि मैले आवश्यक मध्येमा एउटा मात्र राम्रो काम कम गरें भने के हुन्छ ?
अर्को कठिनाई यो हो कि, ‘यदि म मेरा राम्रा कामद्वारा स्वर्गमा पुग्नसक्छु भने, किन येशू पृथ्वीमा आएर मर्नुपर्छ ?’
बाइबलले हामीलाई सिकाउँछ कि हामीले स्वर्ग कमाउन सक्दैनौं... यो एक उपहार हो ! तर मैले विश्वासको साथ गएर यसलाई प्राप्त गर्नुपर्छ ।
राम्रा कामहरु एकदम महत्वपूर्ण छन्, तर त्यी मध्ये कुनैले पनि हाम्रो पाप मेटाउन सक्दैनन । केवल येशू र क्रसका वहाँको कार्यले हामीलाई माफी दिनसक्छ ।
त्यसैले, पर्याप्त बहाना भए ? यो समय भयो कि परमेश्वरलाई बोलाउने र वहाँलाई तपाईंको जीवन नियन्त्रण गर्नको लागि भन्ने । आफुलाई माफी दिनको लागि, र आफ्नो प्रभु, उद्धारकर्ता र मालिक बन्नको लागि वहाँलाई भन्नुहोस ।
हाम्रो I'm-Curious-to-Learn-More article (म धेरै जान्नको लागि उत्सुक छु) लेखमा जानुहोस, र तपाईंले एउटा प्रार्थना गर्नसक्नुहुन्छ जसले सदाको लागि तपाईंको मुटुलाई बदल्नेछ !