मैले हालैमा वहाँलाई आफ्नो जीवन दिएको छु

बधाई !

म एकदमै खुसि छु कि तपाईंले येशूलाई आफ्नो जीवनको राजा बन्नको लागि प्रार्थना गर्नुभयो । यो तपाईंको लागि एउटा नयाँ र उत्साहजनक सुरुवात हो । मलाई थाहा छ कि यसको लागि एकदमै धेरै साहस र थोरै विश्वास लाग्यो, तर परमेश्वरले तपाईंको प्रार्थना सुन्नुभयो ।

र तपाईंले येशूलाई आफ्नो जीवनको परमेश्वर बन्न आमन्त्रित गर्नुभएदेखि, वहाँले अब तपाईंलाई दिशा, मार्गदर्शन, आराम र शान्ति दिनुहुनेछ । तपाईंले हरेक दिन वहाँसँग मित्रता गाँसेसँगै, वहाँको उदेश्यहरु अब तपाईंको जीवनमा जीउने कोसिस गर्नेछन । आकाश निलो, र घाँस हरियो देखिन सुरु हुन्छ । र जब तपाईंसँग समस्याहरु हुन्छन, तपाई प्रार्थनामा वहाँसँग जान सक्नुहुन्छ ।

त्यसैले अब हामीले यसको समिक्षा गरौँ कि हामी स्वर्गमा जाँदैछौं भन्ने कुरा हामीले जान्न सक्छौं भनि कसरी बाइबलले भन्दछ ।

म यसलाई एबीसीहरु भन्दछु:

मानौं मैले गलत गरेको छु । म एक पापी हुँ । र परमेश्वरले स्वर्गमा एउटा सानो पाप पनि राख्न सक्नुहुन्न, नत्र भने अब यो स्वर्ग रहनेछैन ।

“मेरो मनमा विश्वास गर्नुहोस कि येशू साँच्चै मेरा पापहरुको निम्ति मर्नको लागि आउनुभयो, र फेरी उठ्नुभयो, साबित गर्दै कि वहाँ सच्चा सम्झौता हुनुहुन्थ्यो ।”

मेरो पापलाई स्वीकार गर्नुहोस र वहाँको महान माफी माग्नुहोस । परमेश्वरको मदतले कुनैपनि पापबाट टाढा रहनको लागि तयार हुनुहोस । येशूलाई मेरो प्रभु र उद्धारकर्ताको रुपमा स्वीकार गर्नुहोस... मेरो मालिक ।

जस्तो कि अब तपाईंलाई थाहा छ, तपाईं परमेश्वरको सामु आउनुअघि आफ्नो पाप सफा गर्न सक्नुहुन्न । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै आउनुपर्थ्यो । वहाँ हाम्रो सरसफाई वा राम्रा कामहरुले प्रभावित हुनुहुन्न, किनभने वहाँ पूर्णरुपमा पाप रहित हुनुहुन्छ । वहाँले हामीलाई माफी पाएको र मुक्त हुनको लागि आमन्त्रण गर्नुहुन्छ !

र त्यसैले, मैले अनुमान गर्छु कि तपाईंले जुन प्रार्थना गर्नुभयो त्यो यस प्रकार थियो:

“प्रिय येशु,

मैले मान्छु कि मैले गलत गरेको छु र म एक पापी हुँ । म मेरो पापको लागि क्षमा चाहन्छु । मैले विश्वास गर्छु कि तपाईं मेरो सट्टामा मर्नुभयो र फेरी उठ्नुभयो । त्यसैले मैले मेरा पापहरु हजुरको सामु स्वीकार गर्दछु । कृपया मलाई माफ गर्नुहोस र मलाई एउटा नयाँ सुरुवात दिनुहोस । मैले तपाईंलाई मेरो मनको मालिक र परमेश्वर बन्नको लागि भन्दछु । तपाईंको लागि बाँच्नको लागि अब मेरो मदत गर्नुहोस । मैले तपाईंलाई तपाईंको महान माया र माफीको लागि धन्यवाद दिन्छु । म येशूको नाममा यो प्रार्थना गर्दछु...आमेन !”

र यदि उक्त प्रार्थना तपाईंले आफ्नो मनबाट गर्नुभएको थियो भने, त्यसोभए परमेश्वरले तपाईंलाई तत्काल सुन्नुभयो । वहाँले तपाईंलाई अहिलेसम्म तपाईंले गर्नुभएका सम्पूर्ण सडेका र पापी कामको लागि माफ गर्नुभएको छ । चाहे तपाईंको पाप सानो होस वा ठुलो होस, त्यसलाई माफ गरिएको छ । र अब तपाईंसँग एउटा एकदम नयाँ सुरुवात छ... एक सफा स्लेट !

र यहाँ भनिएको छ कि तपाईंले परमेश्वरको लागि यो मायालाई कसरी ताजा र मजबुत राख्न सक्नुहुन्छ:

आफ्नो बाइबल पढ्नुहोस र प्रत्येक दिन प्रार्थना गर्नुहोस । मैले तपाईंलाई सेन्ट जोनको किताबबाट पढ्न सुरु गर्न प्रोत्साहन गर्नेछु । यसले तपाईंलाई येशू र तपाईंको लागि वहाँको अपार मायाको बारेमा सबै भन्नेछ । र प्रार्थना भनेको केवल परमेश्वरसँग कुराकानी गर्नु हो । आफ्नो जीवनका राम्रा कामहरुको लागि वहाँलाई धन्यवाद दिनुहोस, र जीवनका कठिन कुराहरुमा ज्ञानको लागि वहाँलाई भन्नुहोस ।

उपस्थित हुनको लागि एउटा चर्च खोज्नुहोस जसले विश्वास गर्दछ कि बाइबल सत्य छ, र तपाईंले अहिले येशूलाई व्यक्तिगतरुपमा चिन्नु भएजस्तै गरि येशूलाई चिन्ने बारेमा उपदेश दिन्छ । यदि तपाईंलाई त्यस्तो एउटा खोज्नको लागि मदत चाहिएमा, मलाई इमेल गर्नुहोस र मैले तपाईंलाई मदत गर्नेछु ।जल बप्तिस्मा लिनुहोस । यसले तपाईंको मनमा सम्झौता सील गर्नको लागि मदत गर्नेछ र तपाईंको प्रतिवद्धता मजबुत हुनेछ । तपाईंको चर्चले यसमा तपाईंको मदत गर्नसक्छ ।पवित्र आत्माद्वारा भरिएर रहनुहोस । भगवानसँग भन्नुहोस, तपाईंलाई हरेक दिन वहाँको आत्माद्वारा भर्नको लागि, र तपाईंमा वहाँका उपहारहरु पठाउनको लागि । बुक अफ एक्ट्सको पहिलो ५ अध्यायहरुले तपाईंलाई मदत गर्नेछन ।आफ्नो आजको प्रार्थनाको बारेमा, र येशूले तपाईंलाई कसरी क्षमा गर्नुभयो भन्ने बारेमा आफुले अन्य कसैलाई जतिपटक भन्न सक्नुहुन्छ, भन्नुहोस ।

अब, थप एउटा कुरा । के तपाईंले आज मलाई इमेल गर्नुहुनेछ,र येशूलाई आफ्नो मनको राजा बनाउने तपाईंको निर्णय भन्नुहुनेछ ?तपाईंको लागि कुराहरु कस्तो भईरहेका छन ? के तपाईंसँग कुनै प्रश्नहरु छन जसमा मैले मदत गर्नसक्छु ? मैले कसरी तपाईंको लागि प्रार्थना गर्नसक्छु ? हुनसक्छ तपाईंले यस्तो गर्नुभएको यो पहिलोपटक हो, वा तपाईं अध्यात्मिकरुपमा भट्किनुभएको थियो र अब तपाईं घरमा फिर्ता आउनुभएको छ । कुनैपनि कुरामा, म तपाईंबाट सुन्न मन पराउँछु ।

कृपया मलाई यहाँ इमेल गर्नुहोस: frostygrapes@oasiswm.org र तपाईंले यो साइट बन्द गर्नुअधि, यहाँ अन्य केहि वेबसाइटहरु छन जसले तपाईंलाई तपाईंको नयाँ र उत्साहजनक विश्वासमा बढ्न मदत गर्नेछ:

www.needhim.org, www.oneminutewitness.org,www.oasisworldministries.org.




श्रोतहरु

Features
Features
Features