म धेरै जान्नको लागि उत्सुक छु

तपाईं र म उस्तै छौं ।

तपाईं र म, र पृथ्वी ग्रहका हरेक अन्य मानिसको तीनवटा आधारभूत आवश्यकताहरु छन: माया गरिने आवश्यकता, आवश्यक हुने आवश्यकता, र स्वीकार हुने आवश्यकता ।

यदि मैले तपाईंलाई यी तीनैवटा आवश्यकताहरु कसरी सन्तुष्ट गर्नसक्नुहुन्छ भनि भने भनें के हुन्छ ?

यदि मैले तपाईंलाई एउटा पनि कुरा बेचिरह्को छैन भने भनें के हुन्छ ?

यदि मैले तपाईंलाई यी तीनैवटा आवश्यकताहरु आर्जन गर्न सकिंदैन भने भनें के हुन्छ, किनभने तिनीहरु केवल एउटा उपहार हुन ?

तपाईंले हेर्नुहोस, मेरो जीवनमा एउटा समय थियो जब मसँग शान्ति, आशा र उदेश्य थिएन जुन अहिले मैले आनन्द लिन्छु । मैले संसारलाई हेरेर आशा गर्दै थिएँ कि जीवनमा यो भन्दा धेरै कुरा थियो ।

तर कसैले मलाई परमेश्वरको बारेमा भन्नको लागि समय लगाउनुभयो, जसले मलाई गहिराइमा माया गर्नुहुन्छ र वहाँसँग मेरो जीवनको एक उदेश्य र आशा रहेको छ । यो कुनै टाढाको परमेश्वर हुनुहुन्नथ्यो, तर एक परमेश्वर जसले चाहनुहुन्थ्यो कि जब म कुनै दिन मर्छु तब स्वर्गमा सदाको लागि वहाँसँग रहुँ ।

तर मलाई एउटा समस्या थियो । स्वर्ग परिपूर्ण छ र म छैन ! त्यसैले म स्वर्गमा जान सकिन । तर यस परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई धर्तीमा मेरो पापको निम्ति मर्नको लागि पठाउँदै मेरो लागि मार्ग बनाउनुभयो । त्यसपछि ३ दिनपछि, वहाँ फेरी उठ्नुभयो, यो साबित गर्दै कि वहाँ असली सम्झौता हुनुहुन्थ्यो ।

त्यसैले मैले येशूलाई आफ्नो जीवनको चालकको सीटमा बस्नको लागि आमन्त्रित गरें । मैले वहाँलाई मैले गरेका गलत कार्यको लागि माफी दिनको लागि भनें, र वहाँसँग आफ्नो लागि नभईकन वहाँको लागि जिउने शक्ति मागें ।

र तपाईंलाई थाहा छ के भयो ? मैले नयाँ आशा, शान्ति र उदेश्य प्राप्त गरें । यो अलौकिक थियो । र यो अझैसम्म पनि रोकिएको छैन !

त्यसोभए, तपाईंको विचार के छ ?

के तपाईं जीवनमा एउटा नयाँ सुरुवातको लागि तयार हुनुहुन्छ ? बाइबलले भन्छ कि जब हामीले येशूलाई हाम्रो जीवनको मालिक / प्रभुको रुपमा स्वीकार गर्छौं, हामी एक नयाँ रचना हौँ... पुरानो कुराहरु खतम हुन्छन र सबैकुरा नयाँ बन्छ !

यहाँ एउटा महत्वपूर्ण प्रश्न छ ?

“तपाईंलाई आज येशूमा आफ्नो जीवन समर्पण गर्नबाट के कुराले रोक्दछ ?”

डर ? अनिश्चितता ? साथीहरुको दबाब ? अथवा सादा र सरल, हुनसक्छ तपाईंले अनन्त कुराहरुको बारेमा सोच्ने नकार्नु हुन्छ ? हुनसक्छ तपाईंले सोच्नुहुन्छ कि परमेश्वरसँग समाधान गर्नको लागि अन्य थुप्रै कुराहरु छन ।

राम्रो खबर यहाँ छ ।परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ ! र यदि हामीले हाम्रा पापहरु येशूसामु स्वीकार गर्यौं भने, वहाँले त्यी सबलाई माफ गर्नुहुनेछ...अवधि...चाहे त्यो पाप ठूलो वा सानो होस । तपाईंले कुरेर किन दाउ थाप्नुहुन्छ ?

स्वर्गमा कसरी जाने भनि एबीसीले हामीलाई भनेको सुन्नुहोस:

मान्छु कि मैले गलत गरेको छु । म एक पापी हुँ । र परमेश्वरले स्वर्गमा एउटा सानो पाप पनि राख्न सक्नुहुन्न, नत्र भने अब यो स्वर्ग रहनेछैन ।

मेरो मनमा विश्वास गर्नुहोस कि येशू साँच्चै मेरो पापहरुको लागि मर्नको लागि आउनुभयो, र फेरी उठ्नुभयो, यो साबित गर्दै कि वहाँ असली सम्झौता हुनुहुन्थ्यो ।

मेरो पाप स्वीकार गर्नुहोस र वहाँसँग महान क्षमा माग्नुहोस । परमेश्वरको मदतद्वारा कुनैपनि पापसँग टाढा हुनको लागि तयार रहनुहोस । येशूलाई मेरो परमेश्वर र उद्धारकर्ताको रुपमा स्वीकार गर्नुहोस ... मेरो मालिक ।

आफु परमेश्वरको अगाडी नआइकन तपाईंले आफ्नो जीवनलाई सफा गर्न सक्नुहुन्न । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै भएर आउनुपर्छ । वहाँ हाम्रो सरसफाई वा राम्रा कामद्वारा प्रभावित हुनुहुन्न, किनभने वहाँ पूर्णरुपमा पापमुक्त हुनुहुन्छ । वहाँले हामीलाई माफी पाउन र मुक्त हुनको लागि आमन्त्रित गर्नुहुन्छ !

त्यसोभए, तपाईंले के सोच्नुहुन्छ ? आज येशूलाई आफ्नो जीवनको राजा बन्नुहुन्छ भनि सोध्नको लागि तपाईंलाई के कुराले रोक्दछ ? केहि पनि छैन ?

त्यसोभए, के तपाईंले यस प्रार्थनालाई आफ्नो मनदेखि अहिल्यै गर्नुहुन्छ ?

अघि बढ्नुहोस र यसलाई अहिल्यै ठूलो स्वरमा प्रार्थना गर्नुहोस यदि तपाईंले यसलाई आफ्नो मनबाट भन्न सक्नुहुन्छ भनें:

“प्रिय येशू,
मैले मान्छु कि मैले गलत गरेको छु र म एक पापी हुँ । म मेरो पापको लागि क्षमा चाहन्छु । मैले विश्वास गर्छु कि तपाईं मेरो सट्टामा मर्नुभयो र फेरी उठ्नुभयो । त्यसैले मेरो पापहरु हजुरको सामु स्वीकार गर्दछु । कृपया मलाई माफ गर्नुहोस र मलाई एउटा नयाँ सुरुवात दिनुहोस । मैले तपाईंलाई मेरो मनको मालिक र परमेश्वर बन्नको लागि भन्दछु । तपाईंको निम्ति बाँच्नको लागि अब मेरो मदत गर्नुहोस । मैले तपाईंलाई तपाईंको महान माया र माफीको लागि धन्यवाद दिन्छु । म येशूको नाममा यो प्रार्थना गर्दछु...आमेन !”

बधाई !

यदि उक्त प्रार्थना तपाईंले आफ्नो मनबाट गर्नुभएको थियो भने, त्यसोभए परमेश्वरले तपाईंलाई अहिल्यै सुन्नुभयो । वहाँले तपाईंलाई अहिलेसम्म तपाईंले गर्नुभएका सम्पूर्ण सडेका र पापी कामको लागि माफ गर्नुभएको छ । चाहे तपाईंको पाप सानो होस वा ठुलो होस, त्यसलाई माफ गरिएको छ । र अब तपाईंसँग एउटा एकदम नयाँ सुरुवात छ... एक सफा स्लेट !

र तपाईंले परमेश्वरको लागि यस मायालाई कसरी ताजा र मजबुत राख्न सक्नुहुन्छ भनि यहाँ भनिएको छ:

आफ्नो बाइबल पढ्नुहोस र प्रत्येक दिन प्रार्थना गर्नुहोस । मैले तपाईंलाई सेन्ट जोनको पुस्तक पढेर सुरु गर्नको लागि प्रोत्साहित गर्छु । यसले तपाईंलाई येशू र तपाईंको लागि वहाँको एकदमै धेरै मायाको बारेमा भन्नेछ । र प्रार्थना भनेको केवल परमेश्वरसँग कुराकानी गर्नु हो । आफ्नो जीवनको राम्रा कुराहरुको बारेमा वहाँलाई धन्यवाद दिनुहोस, जीवनका कठिन कुराहरुमा ज्ञानको लागि वहाँलाई भन्नुहोस ।

उपस्थित हुनको लागि एउटा चर्च खोज्नुहोस जसले विश्वास गर्दछ कि बाइबल सत्य छ, र तपाईंले अहिले येशूलाई व्यक्तिगतरुपमा चिन्नु भएजस्तै गरि येशूलाई चिन्ने बारेमा उपदेश दिन्छ । यदि तपाईंलाई त्यस्तो एउटा खोज्नको लागि मदत चाहिएमा, मलाई इमेल गर्नुहोस र मैले तपाईंलाई मदत गर्नेछु ।

जल बप्तिस्मा लिनुहोस । यसले तपाईंको मनमा सम्झौता सील गर्नको लागि मदत गर्नेछ र तपाईंको प्रतिवद्धता मजबुत हुनेछ । तपाईंको चर्चले यसमा तपाईंको मदत गर्नसक्छ ।

पवित्र आत्माद्वारा भरिएर रहनुहोस । भगवानसँग भन्नुहोस, तपाईंलाई हरेक दिन वहाँको आत्माद्वारा भर्नको लागि, र तपाईंमा वहाँका उपहारहरु पठाउनको लागि । बुक अफ एक्ट्सको पहिलो ५ अध्यायहरुले तपाईंलाई मदत गर्नेछन ।

आफ्नो आजको प्रार्थनाको बारेमा, र येशूले तपाईंलाई कसरी क्षमा गर्नुभयो भन्ने बारेमा आफुले अन्य कसैलाई जतिपटक भन्न सक्नुहुन्छ, भन्नुहोस ।

अब, थप एउटा कुरा । के तपाईंले आज मलाई frostygrapes@oasiswm.org मा इमेल गर्नुहुनेछ, र येशूलाई आफ्नो मनको राजा बनाउने तपाईंको निर्णय भन्नुहुनेछ ? हुनसक्छ तपाईंले यस्तो गर्नुभएको यो पहिलोपटक हो, वा तपाईं अध्यात्मिकरुपमा भट्किनुभएको थियो र अब तपाईं घरमा फिर्ता आउनुभएको छ । कुनैपनि कुरामा, म तपाईंबाट सुन्न मन पराउँछु ।

यहाँ केहि वेबसाइटहरु छन जसले तपाईंलाई तपाईंको नयाँ र उत्साहजनक विश्वासमा बढ्न मदत गर्नेछन:

www.needhim.org, www.oneminutewitness.org,www.oasisworldministries.org.




श्रोतहरु

Features
Features
Features